काठमाडौं, असार १९ - गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनका गुञ्जन राईलाई ललितपुरबाट पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत गालीगलौज र अपमानजनक टिप्पणी गरेको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार राईविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको छ र उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस