काठमाडौं, वैशाख १६: युवा संगठन नेपालको केन्द्रीय समितिले देशमा बढ्दो बेरोजगारी, वैदेशिक रोजगारीमा हुने ठगी र पोखरा विमानस्थलमा भएको १० अर्ब रुपैयाँको घोटालाविरुद्ध युवा मार्चको आयोजना गर्ने भएको छ।
संगठनका अध्यक्ष दिनेस सीले दिएको जानकारी अनुसार, यो मार्च २०८२ साल वैशाख २१ गते दिउँसो ११ बजे काठमाडौंको रत्नपार्कबाट सुरु हुनेछ।
उक्त मार्चमा सहभागी युवाहरूले यी गम्भीर मुद्दाहरूमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने छन्। साथै, उनीहरूले समाजवादको स्थापनाका लागि आफ्नो समर्थन र आवाज बुलन्द गर्ने उद्देश्य राखेका छन्।
युवा संगठन नेपालले युवाहरूलाई व्यापक रूपमा सहभागी हुन आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस