ओडिसा, वैशाख १९ - भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छन्।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहका अनुसार बिहीबार साँझ प्रिसाको शव उनको कोठामा फेला परेको हो। घटनास्थलमा फोरेन्सिक टोली पुगिसकेको र अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको उनले जानकारी दिए।
मृतक वीरगञ्जकी हुन्। घटनाबारे अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले दिल्लीस्थित दूतावासमार्फत निगरानी भइरहेको बताएकी छन्।
यसअघि फेब्रुअरी १६ मा सोही संस्थानकी अर्की नेपाली विद्यार्थी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन्।
प्रतिक्रिया दिनुहोस