२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटियो

सर्लाहीबाट ल्याइएको सो बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १३१
  • काठमाडौँ — कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको तने बोडीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। सर्लाहीबाट ल्याइएको सो बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।

    विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले शुक्रबार १८ वटा स्टलमा रहेका १८ वटा तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको थियो। परीक्षणमा तने बोडीमा अत्यधिक मात्रामा विषादी फेला परेको हो।

    हाल बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीहरूको मात्र परीक्षण हुँदै आएको छ। यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्मको विषादी भए केही दिन राखेर मात्र खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भएमा त्यो खाद्यवस्तु खान अयोग्य मानिन्छ।

    तरकारीमा यति धेरै विषादी भेटिनु उपभोक्ताको स्वास्थ्यका लागि निकै चिन्ताजनक विषय हो। सम्बन्धित निकायले तत्काल निगरानी र नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ।