काठमाडौं, वैशाख १९ - नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। परिषद्ले सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विभिन्न चरणमा आन्दोलन गर्ने जनाएको हो।
परिषद्का अनुसार जेठ १० गतेदेखि माइतीघर मण्डलामा सडक आन्दोलन सुरु गरिनेछ। त्यसअघि, कक्षा १२ को परीक्षा अवधिभर कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने कार्यक्रम समेत तय गरिएको छ।
विद्यालय कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै दबाबमूलक कार्यक्रम अगाडि सारेका हुन्। परिषद्ले आन्दोलनका अन्य कार्यक्रमहरू चाँडै नै सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस