२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु



  • क्वालिटी खबर
  • २ महिना अघि
  • पाठक संख्या ८४
  • काठमाडौं, वैशाख २१ - कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भयको छ . रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको हो ।


     दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो । मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  हेटौँडा बाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो ।