२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षकलाई विद्यालयभित्र हतियार प्रहार गरेका फरार विद्यार्थी पक्राउ 

विद्यार्थीले शिक्षकमाथि धारिलो हतियार खुँडा प्रहार गरेका छन्।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या ४२८
  • काठमाडौं, वैशाख २१ - दाङमा शिक्षकमाथि हतियार प्रहार गरी फरार भएको आरोपमा प्रहरीले एक जना विद्यार्थीलाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित हिमाल एकाडेमी भित्र ३७ वर्षीय शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेको आरोपमा प्रहरीले कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश विकलाई पक्राउ गरेको हो।

    विक शनिबार राति पौने ९ बजेतिर तुलसीपुर–४ को हलवार क्षेत्रमा सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए। गत फागु पूर्णिमाको दिन शिक्षक श्रेष्ठले आफूमाथि बिना कारण कुटपिट गरेको बदलामा खुँडा प्रहार गरेको बयान दिएका छन् ।