६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा रेबिज लागेर एक युवकको मृत्यु

केही महिनाअघि कुकुरले टोकेका प्रजाले समयमा उपचार नलिएपछि रेबिजको लक्षण देखिएको थियो।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १७९
  • चितवन, वैशाख २५ — रेबिज संक्रमणका कारण चितवनको इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ।

    भरतपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिएका छन्।

    केही महिनाअघि कुकुरले टोकेका प्रजाले समयमा उपचार नलिएपछि रेबिजको लक्षण देखिएको थियो। अवस्था गम्भीर भएपछि उनी बुधबार मात्र अस्पताल भर्ना भएका थिए। तर, उपचारका क्रममा उनको ज्यान गएको हो।

    स्वास्थ्यकर्मीहरूले कुकुरको टोकाइपछि रेबिजविरुद्धको खोप समयमै लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।