१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीले मिर्गौला फेल हुनुको कारण सुनाए: ‘पेन किलरले मिर्गौला फेल भयो’

ओलीले आफ्नो मिर्गौला फेल हुनुको प्रमुख कारण पेन किलर औषधि भएको बताएका छन् ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८७
  • काठमाडौं, वैशाख २५ - प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको प्रमुख कारण पेन किलर औषधि भएको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुखाइ कम गर्न प्रयोग गरिने पेन किलर औषधिको अत्यधिक सेवनका कारण मिर्गौला फेल भएको स्पष्ट पारे ।

    उनले बताएअनुसार क्षयरोग (टिबी) र अल्सरका कारण पेटमा गम्भीर घाउ भएको थियो, जसका कारण असह्य पीडा सहनुपर्ने अवस्था आयो । त्यसकै उपचारमा निरन्तर पेन किलर सेवन गर्दा मिर्गौला काम गर्न छाडेको उनले उल्लेख गरे ।

    ‘मलाई टिबी लाग्यो, अल्सर भयो । पेटभरी घाउ भयो, असह्य दुख्थ्यो । त्यसपछि पेन किलर खाइयो । यति धेरै पेन किलर खाँदा मिर्गौला फेल नभएर के हुन्थ्यो ?’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो मिर्गौला फेल हुनुको प्रमुख कारण पेन किलर नै हो ।’

    स्वास्थ्य समस्याका कारण दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले अब नागरिकले जथाभावी औषधि सेवन नगर्न सुझाव दिएका छन् । उनले स्वास्थ्यप्रति बिरामी स्वयंले नै सजग रहनुपर्ने भन्दै सचेतनाको अभावमा रोग गम्भीर बन्ने खतरा रहेको चेतावनी दिए ।

    ‘बिरामी आफैं सजग हुनुपर्छ । नत्र सजगता नहुँदा त्यो रोग विकराल बन्छ र ठूलो विनास गर्न सक्छ,’ उनले भने ।