१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीद्वारा ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन हुने

“एनआरएनको अधिकार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ कन्क्लेभ आगामी बुधवार (मे १४) काठमाडौंमा हुने तय भएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १३३
  • काठमाडौं, बैशाख २५ – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने भएका छन्। “एनआरएनको अधिकार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ कन्क्लेभ आगामी बुधवार (मे १४) काठमाडौंमा हुने तय भएको छ।

    कन्क्लेभको उद्घाटनका लागि संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिएको हो। भेटका क्रममा प्रधानमन्त्री ओलीले एनआरएनएलाई सबै नेपालीको साझा र गैरराजनीतिक संस्था बनाउनुपर्नेमा जोड गरे। साथै, संघले उठाएका जायज मागहरूलाई सरकारले सधैं सकारात्मक रूपमा लिने बताएका छन्।

    संघका अध्यक्ष डा. केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धन लगायतका विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिने बताए।

    सो अवसरमा अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको छ। प्रतिनिधिमण्डलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव राधिका टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह–कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, पत्रकार चिरन शर्मा र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतको उपस्थिति थियो।

    कन्क्लेभमार्फत एनआरएनएले नेपाल र प्रवासी नेपालीबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।