काठमाडौँ, वैशाख २५ – राजधानीको तीनकुनेमा भएको घटनासँग सम्बन्धित मुद्दामा पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई पाँच दिनका लागि थप हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
राज्यविरुद्धको अभियोगमा अनुसन्धान भइरहेका उनीहरूलाई सातौँपटक म्याद थप गरिएको हो। न्यायाधीश मोना सिंहको इजलासले थप अनुसन्धान आवश्यक ठहर गर्दै म्याद थपको आदेश दिएको हो।
वैशाख २१ गते म्याद सकिएपछि थप अनुसन्धानका लागि उनीहरूलाई पुनः अदालतमा पेश गरिएको थियो।
यसैबीच, सोही प्रकरणमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने क्यान्सरको उपचार आवश्यक भएको भन्दै केही दिनअघि नै रिहा भइसकेका छन्।
थप अनुसन्धानपछि मात्र उनीहरूमाथिको कानुनी प्रक्रिया अगाडि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस