१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मेयर हर्क साम्पाङलाई 'उट्पट्याङ कुरा नगर्नुहोस्' भन्दै माओवादीलाई साथ दिन प्रचण्डको आग्रह

‘प्रचण्ड’ले धरान नगरपालिकाका मेयर हर्क साम्पाङलाई माओवादीलाई साथ दिन आग्रह गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २०३
  • काठमाडौँ, वैशाख २८ — पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान नगरपालिकाका मेयर हर्क साम्पाङलाई माओवादीलाई साथ दिन आग्रह गरेका छन्।

    आइतबार काठमाडौंमा सम्पन्न किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले साम्पाङप्रति सम्मान जनाउँदै तर “उट्पट्याङ कुरा नगर्न” सुझाव दिएका हुन्।

    उनले भने, “मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। तर उहाँ उट्पट्याङ कुरा गर्नुहुन्छ, घरीघरी नकारात्मक कुरा गर्नुहुन्छ। माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन। संविधान संशोधनमार्फत अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस्।”

    प्रचण्डले उत्पीडित वर्ग, पहिचान पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध समूह र हर्क साम्पाङजस्ता नयाँ राजनीतिक अनुहारहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिन आह्वान गरे।

    उनले पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समुदाय, प्रगतिशील जनता तथा उदाउँदा दलहरूले माओवादीसँग सहकार्य गर्दै भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गर्ने तथा सुशासन स्थापनाको अभियानमा लाग्नुपर्ने धारणा राखे।