२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारतबाट फर्कँदै गरेका नेपालीहरूमाथि भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुलीको आरोप

भारतबाट फर्किँदै गरेका नेपालीहरू भारतीय सुरक्षाकर्मीबाट पैसा असुलीमा परेका छन्।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १८६
  • धनगढी, वैशाख २९ – भारतबाट फर्किँदै गरेका नेपालीहरू भारतीय सुरक्षाकर्मीबाट पैसा असुलीमा परेका छन्।

    सुदूरपश्चिमका त्रिनगर र गड्डाचौकी नाकाबाट फर्किएका नेपालीहरूले चेकजाँचको बहानामा अपमानजनक व्यवहार र जबरजस्ती पैसा असुली भइरहेको गुनासो गरेका हुन्।

    गौरिफण्टा नाका हुँदै आएका कैलालीका बम थापाले सुरक्षाकर्मीले अनावश्यक झन्झट सृजना गरेर पैसा माग्ने गरेको बताए। ‘दैनिक श्रमिक भएकाले पैसा तिरेर खाली हात फर्किनुपर्छ,’ उनले भने।

    नेपालीहरूले आफ्नो देश फर्किँदा सम्मान पाउनु पर्ने माग गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले पनि सीमामा सुरक्षा सतर्कता बढाउँदै सहज आवागमनका लागि पहल गरिरहेको जनाएको छ।