६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बलिउड नृत्याङ्गना नोरा फतेही काठमाडौंमा, सांस्कृतिक सम्पदास्थल भ्रमण गर्ने

उनी ‘मिट एण्ड ग्रीट’ र ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १९३
  • काठमाडौं, वैशाख २८ – चर्चित बलिउड नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेही तीन दिने भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेकी छन्। उनी ‘मिट एण्ड ग्रीट’ र ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन्।

    आयोजक वर्ल्डवाइड फिल्म्स नेटवर्कका अनुसार नोरा शुक्रबार साँझ काठमाडौं आइपुगेपछि सोही दिन आयोजित ‘मिट एण्ड ग्रीट’ कार्यक्रममा सहभागी भइन्। शनिबार बेलुका बौद्धस्थित हायातको चौरमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मा उनी २० भन्दा बढी डान्सरसहित स्टेज प्रस्तुति दिनेछिन्।

    नोरा फतेही आइतबार बिहान बसन्तपुर दरबार स्क्वायर लगायतका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्ने कार्यक्रम छ भने आइतबार अपरान्ह उनी पुनः दुबई फर्किनेछिन्।

    यस सांगीतिक कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा तथा ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ प्रतिस्पर्धी प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले पनि प्रस्तुति दिनेछन्।

    कार्यक्रमको टिकट खल्ती र आइएमई पेमार्फत बिक्री भइरहेको छ।