२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीको दाबी: भारत–पाकिस्तानबीचको तनाव रोक्न नेपालले भूमिका खेलेको हो

ओलीले भारत र पाकिस्तानबीच चर्किएको तनाव नेपालले चासो देखाएपछि रोकिएको दाबी गरेका छन्।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १८५
  • लुम्बिनी, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच चर्किएको तनाव नेपालले चासो देखाएपछि रोकिएको दाबी गरेका छन्।

    लुम्बिनीमा आयोजित २५६९औँ बुद्ध जयन्ती समारोहमा बोल्दै उनले केही दिनअघि छिमेकमा हात हालाहाल हुने स्थिति आएको तर त्यसले युद्धको रूप लिन नपाएको बताए।

    "हात हालाहाल भयो, तर बढ्न पाएन। संयम अपनाएकामा भारत र पाकिस्तानलाई धन्यवाद," प्रधानमन्त्री ओलीले भने।

    उनका अनुसार नेपाल सुरु देखिनै शान्तिको पक्षमा उभिएको हो र दुई देशसँग संवाद पनि भएको थियो।

    प्रधानमन्त्री ओलीले विश्व शान्ति र मानव अस्तित्वका लागि बुद्धको सन्देश फैलाउनुपर्नेमा पनि जोड दिए।