२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कात्तिकदेखि नागढुंगा सुरुङ सञ्चालनमा, सवारीकाे शुल्क निर्धारण प्रक्रिया अन्तिम चरणमा

वार्षिक ३५ करोड सञ्चालन खर्च उठाउन सवारी साधनका लागि टोल शुल्क तोकिएको छ।



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या २९१
  • काठमाडौं, वैशाख ३० - नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कात्तिकभित्र सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ। वार्षिक ३५ करोड सञ्चालन खर्च उठाउन सवारी साधनका लागि टोल शुल्क तोकिएको छ, जसको स्वीकृतिका लागि प्रस्ताव मन्त्रिपरिषद् पठाउने अन्तिम तयारीमा छ।

    सडक विभागका अनुसार सुरुङबाट कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसले उपत्यका भित्रिँदा ७५ र बाहिरिँदा ५० रुपैयाँ तिर्नुपर्नेछ। बस र ट्रकलाई भित्रिँदा २५० र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ भने हेभी सवारी (लरी) ले भित्रिँदा ५०० र बाहिरिँदा ३०० रुपैयाँ तिर्नुपर्नेछ।

    प्रस्तावअनुसार दैनिक सुरुङमार्ग प्रयोग गर्ने सवारी संख्यामा कार, भ्यानजस्ता सवारी ८५९ भित्रने र ६४६ बाहिरिने छन्। बस–ट्रक ७९४ भित्रने र ५९७ बाहिरिने, हेभी सवारी ५९६ भित्रने र ४४८ बाहिरिने छन्।

    सुरुङमा पैदलयात्री, दुई/तीन पांग्रे, अति ज्वलनशील वस्तु बोकेको सवारी निषेध गरिएको छ।

    ९० प्रतिशत निर्माण सकिएको सुरुङमार्गमा अहिले अन्तिम चरणको लाइटिङ, सडक, फायरफाइटिङ र विद्युत जडानको काम भइरहेको छ। सुरुङ निर्माणमा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले काम गरिरहेको छ।

    सुरुङमार्ग सञ्चालनमा आएपछि सिस्नेखोलाबाट बलम्बुसम्मको यात्रा ७ मिनेटमा तय हुने जनाइएको छ।