१ जेठ २०८२ बुधबार | 14 May 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डको पूर्व केन्द्रित अभियान : ‘मिसन २०८४’ को तयारी

सत्ता बाहिरिएपछि नेकपा माओवादी केन्द्र पूर्वी क्षेत्रतर्फ केन्द्रित बनेको छ।



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ५१
  • काठमाडौं, वैशाख ३० – सत्ता बाहिरिएपछि नेकपा माओवादी केन्द्र पूर्वी क्षेत्रतर्फ केन्द्रित बनेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा माओवादीले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गरी ‘मिसन २०८४’ अन्तर्गत पूर्वका सहरी तथा वर्ग समुदायमा अभियान सञ्चालन गरिरहेको छ।

    २०७९ को निर्वाचनपछि सत्ताबाट बाहिरिएको माओवादीले पूर्व–पश्चिम हुलाकी मार्गपछि अब मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्दैछ। पार्टीका अनुसार यो अभियानबाट करिब एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको दाबी गरिएको छ।

    पछिल्ला १० महिनामा मात्रै अध्यक्ष प्रचण्ड १५ पटकभन्दा बढी पूर्व पुगिसकेका छन्। पार्टीको आधार क्षेत्र मानिने कोशी प्रदेशमा पहिचान, वर्ग र स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर जनसंवाद र सांगठानिक पुनःगठनको काम भइरहेको छ।

    २०६४ सालमा पूर्वका २२ निर्वाचन क्षेत्र जितेको माओवादी पछिल्लो निर्वाचनमा भने दुई सिटमा झरेको थियो। यही पृष्ठभूमिमा पार्टी अब जनतामाझ गएर पुरानै प्रभाव फर्काउने रणनीतिमा जुटेको हो।

    ‘हामीले वर्ग र विचार छोडेका थियौं, अब ती समातेर अघि बढ्छौं,’ माओवादी नेताहरूको भनाइ छ।