३१ बैशाख २०८२ बुधबार | 14 May 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कालीमाटी बजारमा गोलभेँडाको मूल्य बढ्यो



  • अञ्जना ढकाल
  • ६ घण्टा अघि
  • पाठक संख्या ३१
  • काठमाडौं, वैशाख ३१ - कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्यमा वृद्धि भएको छ। विशेषगरी आज लोकल र तराईको सानो गोलभेँडाको मूल्य बढेको हो।

    बुधबार थोक बजारमा लोकल गोलभेँडा प्रतिकिलो ८० रुपैयाँमा पुग्दा मंगलबार ७५ रुपैयाँ थियो। यस्तै, तराई सानो गोलभेँडा ५७ रुपैयाँबाट बढेर ८० रुपैयाँमा किनबेच भइरहेको छ।

    भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ र सानो ६० रुपैयाँमा यथावत छ।

    व्यवसायीहरूले आपूर्ति घटेका कारण मूल्य बढेको बताएका छन्।