३१ बैशाख २०८२ बुधबार | 14 May 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको अपिल : एनआरएनएमा विवाद होइन, एकता र उद्देश्यको मूल्यमान्यता स्थापित गरौँ

ओलीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बन्न आग्रह गरेका छन्।



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या २५
  • काठमाडौँ, वैशाख ३१ – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई एकताबद्ध, मर्यादित र उद्देश्य केन्द्रित बन्न आग्रह गरेका छन्।

    बुधबार काठमाडौँमा आयोजित 'एनआरएनए ग्लोबल कन्क्लेभ' को उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संस्थाभित्र देखिएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।

    प्रधानमन्त्री ओलीले भने, "आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनु उचित होइन। व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन। महाधिवेशनमा हानाहान र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन।"

    उनले गैरआवासीय नेपालीहरूलाई आपसी समझदारी, नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्दै मातृभूमिको हितमा योगदान दिन आग्रह गरे। साथै, संस्थामा दलीय राजनीति नगर्न र विभाजनको प्रयास सफल नहुने विश्वास व्यक्त गरे।

    "विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ," प्रधानमन्त्रीले स्पष्ट पारे।

    प्रधानमन्त्री ओलीले एनआरएनए अध्यक्ष डा. बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व हस्तान्तरणको अपेक्षा गरे। साथै, गैरआवासीय नेपालीसँग सम्बन्धित कानुनमा आवश्यक संशोधन सुझावका आधारमा सरकार प्रतिबद्ध रहेको बताए।