२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

छोराछोरीलाई देशमै सपना देखाउन नसके राजनीति गर्नुको अर्थ छैन : डा. भट्टराई

भट्टराईले आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन नसके राजनीति गर्नुको कुनै अर्थ नहुने बताएका छन्।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४२
  • काठमाडौं, ३१ वैशाख । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन नसके राजनीति गर्नुको कुनै अर्थ नहुने बताएका छन्।

    बुधबार काठमाडौंमा आयोजित ‘संघीयताको कसीमा आर्थिक वर्ष २०८२/८३ को बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै अवसर दिन सक्नुपर्नेमा जोड दिए।

    उनले भने, “आफ्नै सन्तानलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गर्नु र मन्त्री हुनुको औचित्य रहँदैन।”

    डा. भट्टराईले नेपाललाई साँच्चिकै माया गर्ने हो भने स्वाधीनताको रक्षा गर्दै सबैका लागि साझा मुलुक बनाउनु पर्ने धारणा व्यक्त गरे।

    उनले नेपालभन्दा कमजोर मुलुकले समेत प्रगति गर्न सक्ने देखिएकाले नेपालले पनि उन्नति गर्न सक्ने विश्वास व्यक्त गरे।