काठमाडौँ, जेठ १ — देशभर तापक्रम बढ्दो क्रममा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको असरले केही स्थानमा वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, धरान, ताप्लेजुङ लगायत क्षेत्रमा वर्षाको सम्भावना छ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात पनि हुन सक्छ। तराईका दिपायल, धनगढी, नेपालगञ्ज, भैरहवामा तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्नेछ।
काठमाडौँमा आज अधिकतम तापक्रम ३३ डिग्री रहने पूर्वानुमान गरिएको छ। विभागले अत्यधिक गर्मीबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस