८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।



  • अञ्जना ढकाल
  • ७ दिन अघि
  • पाठक संख्या ८०
  • काठमाडौँ, जेठ १ – कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

    ‘टेरामक्स घोटाला’ मा संलग्न भएको आरोपसहित आयोगले बिहीबार विशेष अदालतमा बस्नेतसहित अन्य १५ जना र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले उनीहरूमाथि कुल ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो माग गरेको छ।

    यस प्रकरणमा संलग्नहरूलाई सार्वजनिक सम्पत्तिमा अनियमितता, सरकारी स्रोतको दुरुपयोग र निजी लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

    मुद्दा विशेष अदालतमा दर्ता भएपछि अब कानुनी प्रक्रिया अघि बढ्नेछ।