काठमाडौं, जेठ २ – काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकमा कारको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ।
मृत्यु हुने बालकको नाम शिवांश झा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले जानकारी दिएका छन्।
भारत घर भई हाल काठमाडौंमा परिवारसँग बस्दै आएका बालकलाई बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको कारले ठक्कर दिएको थियो।
कात्यानी चोकबाट भीमसेनगोलातर्फ जाँदै गरेको कारले बालकलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। तत्कालै उद्धार गरी केएमसी अस्पताल, सिनामंगल लगिएकोमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि कार चालक रमेश कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस