७ जेठ २०८३ बिहिबार | 21 May 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको ८ महिनामै डिभोर्स

टिकटक लाइभमार्फत युवराजले डिभोर्स पेपरमा हस्ताक्षर गरेको जानकारी दिएका छन्।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ५९६
  • काठमाडौँ, जेठ २ - अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीचको वैवाहिक सम्बन्ध ८ महिनामै टुंगिएको छ। टिकटक लाइभमार्फत युवराजले डिभोर्स पेपरमा हस्ताक्षर गरेको जानकारी दिएका छन्।

    उनले बैशाख २८ गते दिउँसो ४:१० बजे सम्बन्धविच्छेद फाइलमा अदालतमा हस्ताक्षर गरेको जनाउँदै भने, “जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो, छुट्टियो, सक्कियो। बाँकी कुरा म सार्वजनिक गर्न चाहन्नँ।”

    यसअघि उनले डिभोर्स पेपरमा हस्ताक्षर गर्न नमानेको चर्चा चलेको थियो। तर अहिले आएर उनले हस्ताक्षर गरिसकेको पुष्टि गरेका छन्।

    अरुणिमाले अमेरिकाबाट नेपाल आइसकेपछि वारेसमार्फत सुनसरी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्।

    युवराज सुनसरीको बराहक्षेत्र नगरपालिका, चतराका स्थानीय कांग्रेस नेता हुन्। अरुणिमाले उनमाथि ढाँटेर विवाह गरेको आरोप