चितवन, जेठ ४ — चितवनको भरतपुर–२५ मा एक बाबुले आफ्नै छोरी र भतिजको हत्या गरेका छन्। ४२ वर्षीय लिलाराज गिरीले शुक्रबार बिहान ७ वर्षीया छोरी प्रभा र ५ वर्षीय भतिज सजनको खुर्पा प्रहार गरी ज्यान लिएका हुन्।
उनीहरू मदरल्याण्ड बोर्डिङ स्कुलका विद्यार्थी थिए। घटना बिहान स्कुल जानै लाग्दा भएको हो। हत्या पछाडि लिलाराजले आफूलाई पनि घाँटीमा चोट लगाउँदै आत्महत्या प्रयास गरेका छन्।
प्रहरीका अनुसार लिलाराज केही वर्षदेखि मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए। अहिले उनी चितवन मेडिकल कलेजको आईसीयूमा उपचाररत छन्।
घटनाले विद्यालय र समुदायलाई स्तब्ध बनाएको छ। मदरल्याण्ड स्कुलले आइतबार शोकमा विद्यालय बन्द गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस