८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शाहीको आरोप : 'विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यद्वारा गरिएकाे हत्या हाे'

विद्युतको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको ज्यान गएको घटनालाई दुर्घटना नभई राज्यद्वारा गरिएकाे हत्या भनेका छन्।



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ४१
  • काठमाडौँ, जेठ ४ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले धुलिखेलमा विद्युतको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको ज्यान गएको घटनालाई दुर्घटना नभई राज्यद्वारा गरिएकाे हत्या भनेका छन्।

    आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले नेपाल विद्युत प्राधिकरणको गम्भीर लापरबाहीका कारण उक्त घटना घटेको बताएका हुन्। उनका अनुसार काभ्रेपलाञ्चोक वितरण केन्द्रमार्फत विस्तार गरिएको लाइनमा धुलिखेल नगरपालिका–७, जिल्ला प्रशासन कार्यालय अगाडि काम गरिरहेका सर्लाही, ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो।

    शाहीले घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत मुद्दा चलाउन माग गरे। “यो दुर्घटना होइन, हत्या हो,” उनले भने, “राज्यको लापरबाहीका कारण एक निर्दोष मजदुरले ज्यान गुमाउनु पर्ने अवस्था आएको छ।”

    त्यसका साथै, सांसद शाहीले सरकारप्रति थप आक्रोश पोख्दै फरक विचार राख्नेहरूलाई पक्राउ गर्ने प्रवृत्तिको समेत आलोचना गरे। उनले सरकार लोकतान्त्रिक मूल्य र मान्यता विपरीत अगाडि बढिरहेको आरोपसमेत लगाए।