२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मोरङमा बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा तोडफोड

सोमबार दिउँसो भएको बस दुर्घटनामा परी एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २१८
  • मोरङ, जेठ ५ – मोरङको रंगेली नगरपालिका–७ निचामारी चोकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा परी एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ।

    रंगेली–कानेपोखरी भित्री सडकखण्डमा कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले स्थानीय मिरा मण्डललाई ठक्कर दिँदा घटनास्थलमै उनको ज्यान गएको हो।

    बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले दुर्घटनामा संलग्न बसमा तोडफोड गरेका छन्। तोडफोडका क्रममा बसको अगाडिको सिसा फुटेको बताइएको छ।

    दुर्घटनापछि बसका चालक चन्द्रबहादुर मगर (कटहरी गाउँपालिका–७, मोरङ) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।