८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र ढकालको इजलासमा

आजको लागि सुवेदी–ढकाल इजलासमा सुनुवाइ तोकिएको हो।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४९
  • काठमाडौँ, जेठ ६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतको न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ।

    यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले लामिछानेको मुद्दा हेर्न मिल्ने इजलासमा पठाउन आदेश दिएको थियो।

    सो आदेश अनुसार सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो।

    तर रवि लामिछानेका पक्षमा बहस गर्ने कानुनी टोली र विपक्षी वकिलबीच न्यायाधीश पाण्डेयको पारिवारिक सम्बन्ध देखिएपछि उक्त इजलासमा सुनुवाइ ‘हेर्न नमिल्ने’ ठहर भएको थियो। त्यसपछि आजको लागि सुवेदी–ढकाल इजलासमा सुनुवाइ तोकिएको हो।