१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बालिकाको मृत्यु प्रकरण : दाहसंस्कारअघि शवसहित अभिभावक प्रहरी नियन्त्रणमा

बालिकाको मृत्यु घरेलु विवादका कारण भएको आशंकामा घटना सम्बन्धी अनुसन्धान सुरु गरिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २००
  • खाँदबारी, जेठ ९ – संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिकाको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले बिहीबार बालिकाको शव नियन्त्रणमा लिई जिल्ला अस्पतालको शवगृहमा राखेको हो।

    प्रहरीका अनुसार बालिकाको मृत्यु घरेलु विवादका कारण भएको आशंकामा घटना सम्बन्धी अनुसन्धान सुरु गरिएको छ। यस क्रममा बालिकाका बुवा गोपाल तामाङ र काकी कल्पना तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    अनुसन्धानका अनुसार वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी झगडा भएको थियो। सोही क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप लागेको छ। गम्भीर घाइते भएकी बालिकाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा जेठ ७ गते मृत्यु भएको हो।

    शवलाई दाहसंस्कारका लागि घर ल्याउने क्रममा प्रहरीले बिहीबार नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो। प्रहरीका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठका अनुसार घटनामा संलग्न दुवै अभिभावकलाई आज अदालतमा पेश गरी म्याद लिने तयारी भइरहेको छ।