३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विराटनगरमा दुर्लभ मोनोस्लेड कोब्रा फेला

जेठ १० गते बिहान घरमा सर्प देखिएपछि परिवारले तत्काल महानगरपालिकालाई खबर गरेका थिए।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३१
  • विराटनगर, जेठ १४ - विराटनगर महानगरपालिका–४ स्थित नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ प्रजातिको मोनोस्लेड कोब्रा सर्प फेला परेको छ। जेठ १० गते बिहान घरमा सर्प देखिएपछि परिवारले तत्काल महानगरपालिकालाई खबर गरेका थिए।

    सर्प उद्धार गर्न पुगेका विराटनगर महानगरका अनुभवी उद्धारकर्ता हवल्दार शम्भु घिमिरे सर्पको विष प्रहारबाट सामान्य घाइते भएका छन्। उद्धारको क्रममा सर्पले जोखिम महसुस गरेपछि परैबाट विष फालेको थियो, जसले घिमिरेको अनुहारमा लागेको थियो।

    घाइते घिमिरेलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो र २८ घण्टा अस्पतालमा राखिएपछि उनी घर फर्किएका छन्।

    घिमिरेले डिभिजन वन कार्यालय, मोरङको समन्वयमा उक्त सर्पलाई सुरक्षित रूपमा जंगलमा लगेर छाडेका छन्। उनले हालसम्म ३९० भन्दा बढी सर्पको उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिसकेका छन्।

    सर्प विशेषज्ञहरूका अनुसार मोनोस्लेड कोब्रा अत्यन्तै दुर्लभ प्रजातिको सर्प हो, जुन आक्रोशित वा त्रसित हुँदा टाढैबाट विष फाल्न सक्ने क्षमताका कारण विशेष सतर्कता अपनाउनुपर्छ।