२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुटवलमा पूर्वश्रीमानद्वारा पूर्वश्रीमती र दुई छोरीको विभत्स हत्या

बुटवलमा एक व्यक्तिले आफ्नी पूर्वश्रीमती र दुई नाबालक छोरीको घरेलु हतियार प्रयोग गरी हत्या गरेका छन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १५१
  • बुटवल, जेठ १४ - बुटवलमा एक व्यक्तिले आफ्नी पूर्वश्रीमती र दुई नाबालक छोरीको घरेलु हतियार प्रयोग गरी हत्या गरेका छन्।

    बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकको मिलिजुली पथमा बुधबार बिहान करिब ४ बजे ३४ वर्षीया दीपा बस्याल (ढकाल) र उनका दुई छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको विभत्स हत्या गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हत्या आरोपी सुजन कोइरालाले आफ्नै घरमा बोलाएर घरेलु हतियार (चक्कु र घन) प्रयोग गरी हत्या गरेका हुन्। घटनाको पुष्टि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले गरेका छन्।

    दीपाका हालका श्रीमान वैदेशिक रोजगारीका लागि दुबईमा रहेका छन्। सम्बन्धविच्छेदपछि दीपा बस्यालले अर्काेसँग वैवाहिक सम्बन्ध जोडेको प्रहरीले जनाएको छ।

    घटना लगत्तै प्रहरी टोलीले हत्यामा संलग्न रहेका सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार कोइराला यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगी केही वर्ष अघि संविधान दिवसको अवसरमा आममाफी पाएर कारागारबाट छुटेका थिए।

    प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।