१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित, विपक्षीको अडान कायमै

बैठक बस्न नसकेपछि संसद् सचिवालयले बुधबार दिउँसो १ बजेका लागि पुनः सारिएको जानकारी दिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८६
  • काठमाडौँ, जेठ २० - प्रतिनिधि सभाको आजका लागि तय गरिएको बैठक निर्धारित समयमै नबसी बुधबारसम्मका लागि स्थगित गरिएको छ।

    आज बिहान ११ बजेका लागि तय गरिएको बैठक सुरु हुन नसकी दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। तर, त्यसपछिसमेत बैठक बस्न नसकेपछि संसद् सचिवालयले बुधबार दिउँसो १ बजेका लागि पुनः सारिएको जानकारी दिएको छ।

    संसद् बैठक सञ्चालनमा अवरोध आउनुमा विपक्षी दलहरूको विरोध मुख्य कारण बनेको छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्।

    लगातारको अवरोधका कारण बैठक सञ्चालन असम्भव भएपछि संसद् सचिवालयले सूचना टाँसी बैठकको समय सार्दै आएको छ।