६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्ड भन्छन् : माधव नेपाल र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेको छ

माधव नेपाल र विप्लवसँगको एकता सम्भावनाबारे प्रचण्डको खुलासा, माओवादीलाई पहिलो शक्ति बनाउने दाबी



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४१
  • काठमाडौँ, जेठ २७ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको विषयमा छलफल भइरहेको बताएका छन्।

    मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले समाजवादी मोर्चामा आबद्ध नेपाल नेतृत्वको एकीकृत समाजवादी र विप्लव नेतृत्वको माओवादीसँग एकता सम्भावनाबारे छलफल अगाडि बढेको जानकारी दिएका हुन्।

    उनले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पार्टी ध्रुवीकरणलाई प्राथमिकता दिइएको बताए। साथै, विगतका गल्ती र कमजोरी सच्याउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजाने पार्टीको अभियान जारी रहेको र यस अभियानमार्फत जनमत पनि माओवादीको पक्षमा बढ्दै गएको दाबी गरे।

    कार्यक्रममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपाका अन्य नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नवप्रवेशी नेताहरूलाई उचित जिम्मेवारी दिइने प्रचण्डले स्पष्ट पारे।