२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधि सभा बैठक सुरु, विपक्षीको बिरोध कायमै

विपक्षी दलले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन् र आज पनि यही आन्दोलित स्थिति दोहोरिएको छ।



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या ९६
  • काठमाडौँ, जेठ २८ — संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो प्रतिनिधि सभा बैठक सुरु भएको छ । तर बैठक शुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गर्दै अहिलेको प्रमुख बिषय ‘भिजिट भिसा प्रकरण’ र गृहमन्त्री रमेश लेखकको राजीनामा तथा संसदीय छानबिन समितिको माग राखेका छन्।

    विपक्षी दलले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका छन् र आज पनि यही आन्दोलित स्थिति दोहोरिएको छ। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्ने प्रयास गरे पनि विपक्षी सांसदहरूको विरोधका कारण तत्कालै अवस्था तनावपूर्ण बनेको छ।

    विरोधका कारण बैठकको कार्यसूची यति बेला अड्किएको छ र दुवै पक्षबीच सहमतिको खोजीका लागि छलफल हुनुपर्ने अवस्था बनेको छ। सभामुखले सत्ता र विपक्षी नेताहरूबीच क्रमिक रुपमा चर्चा गरेर अन्त्य खोज्ने तयारी गरेका छन्।

    आजको घटनाले संसद्को प्रभावकारी सञ्चालन र लोकतान्त्रिक अभ्यासमा आएको अवरोध पुनः प्रकाशमा ल्याएको छ । संसद्ले जनताको प्रतिनिधित्व गर्ने संस्था भएको हुँदा, जनताका मुद्दा उठाउने पक्ष र संवैधानिक प्रक्रिया पालन गर्ने पक्षबीचको सहमति पूर्णरुपमा आवश्यक रहेको चर्चा सडकदेखि संसदसम्म चलिरहेको छ।