३० बैशाख २०८३ बुधबार | 13 May 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दाङमा सुनचाँदी व्यवसायी आन्दोलनमा, पसल बन्द

सरकारले निरन्तर दमन गर्दै आएको भन्दै दाङका सुनचाँदी व्यवसायीहरू पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन्।



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २४१
  • दाङ, जेठ २९ – सरकारले निरन्तर दमन गर्दै आएको भन्दै दाङका सुनचाँदी व्यवसायीहरू पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन्।

    नेपाल सुनचाँदी व्यवसायी संघ दाङले आज बिहानदेखि सम्पूर्ण पसलहरू बन्द गरी आन्दोलन सुरु गरेको हो।

    संघका दाङ अध्यक्ष विनोदकुमार विश्वकर्माका अनुसार सरकारले सुनचाँदी व्यवसायीमाथि विभिन्न बहानामा दमन गर्दै आएको छ। “हामीमाथि लगाइएको २ प्रतिशत विलासिता कर तत्काल खारेज गर्नुपर्छ,” अध्यक्ष विश्वकर्माले भने।

    व्यवसायीहरूले हिरा र जवाहरात जडित गरगहनामा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) पुनः विचार गरी खारेज गर्नुपर्ने माग गरेका छन्। साथै, सुनचाँदी व्यवसायीको हित, संरक्षण र विकासका लागि कानुन निर्माण गर्नुपर्ने माग समेत राखिएको छ।

    लुम्बिनी प्रदेशका नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष ध्रुवकुमार गहतराजका अनुसार देशभरका व्यवसायीहरू व्यापक राजस्व संशोधनको मागसहित आन्दोलनमा उत्रिएका छन्।

    “राजश्व नीतिमा विस्तृत अध्ययनसहित संशोधन गर्नुपर्छ, भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्छ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण व्यवस्था गर्नुपर्छ र निर्यातमा २.५ प्रतिशत टिडिएस (TDS) लाग्ने व्यवस्था गर्नुपर्छ,” अध्यक्ष गहतराजले बताए।

    व्यवसायीहरूले आफ्ना माग पूरा नभए देशव्यापी आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।