गुजरात, जेठ २९ - भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै आज दिउँसो एउटा विमान दुर्घटनामा परेको छ।
इन्डिया टुडेका अनुसार, एयर इन्डियाको लन्डनका लागि उडेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै अहमदाबादको मेघानीनगर क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
उक्त विमानमा २४२ यात्रु सवार रहेको जनाइएको छ। हालसम्म यात्रुहरूको अवस्थाबारे स्पष्ट विवरण आइसकेको छैन। तर, दुर्घटनापछि घटनास्थलबाट बाक्लो कालो धुवाँ उठेको दृश्यहरू सार्वजनिक भएका छन्।
आपतकालीन सेवा टोलीसहित सातवटा दमकल तुरुन्तै घटनास्थलमा पुगेका छन् र उद्धार तथा आगो नियन्त्रणको प्रयास जारी छ।
अहिलेसम्म दुर्घटनाको कारण खुलेको छैन भने भारतीय नागरिक उड्डयन निकाय तथा एयर इन्डियाले औपचारिक जानकारी दिन बाँकी रहेको छ।
यस विषयमा थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस