६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाली महिला घरेलु कामदारको खाडी गमन रोकिएन : परराष्ट्रमन्त्री राणा



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४७
  • काठमाडौं, जेठ ३० - नेपालबाट खाडी मुलुकतर्फ घरेलु कामदारका रूपमा नेपाली महिला पठाउने क्रम अझै पनि नरोकिएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन्।

    शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले कुवेतमा मात्रै हाल ४८ हजार नेपाली महिला घरेलु कामदार रहेका जानकारी दिइन्। उनले अवैध (इलिगल) रूपमा खाडी मुलुकतर्फ जानु अझै पनि रोकिएको छैन भनेकी हुन्।

    ‘महिला घरेलु कामदार नपठाउने भनेर रोक लगाइएको भए पनि अवैध रूपमा पुग्ने क्रम रोकिएको छैन,’ मन्त्री राणाले भनिन्, ‘लिगल भएर जानुभएका सुरक्षित हुनुहुन्छ, तर अवैध रूपमा गएकाहरू धेरै समस्यामा हुनुहुन्छ।’

    उनका अनुसार हालै जापान भ्रमणको क्रममा खाडी मुलुकका राजदूतहरूसँग गरिएको भर्चुअल छलफलमा पनि सो विषयमा गम्भीर चासो व्यक्त गरिएको थियो। राजदूतहरूले समेत अवैध रूपमा नेपाली महिला कामदारको आगमन रोक्न कठिनाइ भइरहेको बताएका थिए।

    ‘कुवेतमा मात्रै ४८ हजार नेपाली महिला घरेलु कामदार छन्। उहाँहरूलाई कानुनी दायरामा ल्याउन नसक्दा समस्या झन् गम्भीर बनेको छ,’ मन्त्री राणाले स्पष्ट पारिन्।

    नेपाल सरकारले महिला घरेलु कामदारको सुरक्षाका लागि अवैध मार्गबाट वैदेशिक रोजगारमा जान रोक लगाउने नीति लिए पनि कार्यान्वयनमा चुनौती रहेको देखिएको छ।