२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्ड नख्खु कारागार रवि लामिछानेसँग भेट गर्न जाँदै



  • क्वालिटी खबर
  • २ महिना अघि
  • पाठक संख्या १२८
  • काठमाडौं, भदौ ४ - माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुग्ने भएका छन्। कारागार स्रोतका अनुसार प्रचण्ड आज साँझ ६ बजे लामिछानेसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ।

    प्रचण्डले आफ्नो प्रधानमन्त्रीताका समयमा रविलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाएका थिए। त्यस बेला रविविरुद्ध लागेका आरोपहरू निस्तेज पार्न उनले सक्रिय भूमिका खेलेका थिए। हाल पनि प्रचण्डले लामिछानेमाथि षड्यन्त्र गरिएको बताउँदै आएका छन्।

    यसअघि सत्तापक्षले उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने तयारी गरिरहेको थियो। यसपछि प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका थिए। बैठकले उपसभामुख हटाउने सत्तापक्षको प्रयासलाई असफल पार्ने र मुद्दा जनतासम्म पुर्‍याउने निष्कर्ष निकालेको थियो। दोस्रो दिनै प्रचण्डको कारागारमा भेट कार्यक्रमले सबैको ध्यान तानेको छ।

    सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई हालै रुपन्देही कारागारबाट नख्खु कारागारमा सारिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सक टोलीले जेलमै पुगेर उनको परीक्षण गरेको थियो। जाँचका क्रममा शरीरमा भिटामिन डीको कमी पाइएको बताइएको छ।