१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध, वेल घेरेर प्रदर्शन

बैठक सुरु हुनासाथै विपक्षी सांसदहरू उठेर आक्रोशित रुपमा विरोध जनाएका थिए।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९८
  • काठमाडौं, असार १ — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्।

    बैठक सुरु हुनासाथै विपक्षी सांसदहरू उठेर आक्रोशित रुपमा विरोध जनाएका थिए। विरोधका बीच सभामुख देवराज घिमिरेले आकस्मिक समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएका थिए।

    रास्वपा र राप्रपाले गृहमन्त्री लेखकले भिजिट भिसा वितरणमा भएको अनियमितता र दुर्व्यवहारको जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामाको माग गर्दै आएका छन्। साथै, रास्वपाले सो विषयमा उच्चस्तरीय छानबिन समिति गठनको मागसमेत अघि सारेको छ।

    पछिल्ला केही बैठकहरू यिनै मुद्दालाई लिएर पटक–पटक अवरुद्ध हुँदै आएका छन्। विपक्षी दलहरूको निरन्तर दबाबसँगै संसदमा बहस चर्किंदै गएको छ।