६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

इरान–इजरायल द्वन्द्व: इजरायलमा १९ को मृत्यु, इरानमा २२४ जनाले ज्यान गुमाए

इरान र इजरायलबीच जारी तनावपूर्ण द्वन्द्वमा दुबै पक्षले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १७७
  • तेल अभिभ, असार २ – इरान र इजरायलबीच जारी तनावपूर्ण द्वन्द्वमा दुबै पक्षले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ।

    आइतबार राति इरानले इजरायलमा गरेको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ, जसमा दुई महिला र दुई पुरुष रहेका छन्। इजरायली आपतकालीन सेवाका अनुसार सो आक्रमणमा ९२ जना घाइते भएका छन्, जसलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ।

    शुक्रबारदेखि इरानका तर्फबाट भएको आक्रमणपछि इजरायलमा मृत्यु हुनेको संख्या बढेर कम्तीमा १९ पुगेको इजरायली पक्षले जनाएको छ।

    यता, इजरायली आक्रमणका जवाफमा इरानको स्वास्थ्य मन्त्रालयले आइतबारसम्म देशभर २२४ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

    दुवै देशबीचको यो तनाव पछिल्ला केही दिनयता झनै चर्किएको छ, जसका कारण क्षेत्रीय सुरक्षामा समेत असर पर्ने संकेत देखिएको छ।