२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा २८ वर्षीया युवतीमाथि जबरजस्ती करणी, एक युवक पक्राउ

२८ वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको घटनामा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९८
  • झापा, असार ९ – झापाको कचनकवल गाउँपालिका–६ पल्लाबारीमा एक २८ वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको घटनामा संलग्न भएको आरोपमा एक युवक पक्राउ परेका छन्।

    जबरजस्ती करणीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ पक्राउ गरेको हो।

    पीडित पक्षबाट उजुरी आएपछि प्रहरीले घटनास्थलमै पुगेर यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। हाल पक्राउ परेका युवकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन गर्ने कार्य जारी रहेको छ।