२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खेतीपातीको चटारो र वर्षाका कारण नेकपाको केन्द्रीय समिति बैठक साउनमा सारियो

हाल देशभर वर्षा भईरहेकाले र नेताहरू खेतीपातीमा व्यस्त भएकाले बैठक सारिएको हो ।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ७७
  • काठमाडौं, असार ९ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्धारित केन्द्रीय समिति बैठक असारमा नगर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार, हाल देशभर वर्षा भईरहेकाले र नेताहरू खेतीपातीमा व्यस्त भएकाले बैठक सारिएको हो ।

    प्रवक्ता विश्वकर्माले भने, ‘खेतीपातीको चटारोका कारण असारमा केन्द्रीय समिति बैठक बस्न सम्भव छैन । वर्षाको कारण देशभरबाट नेताहरू आउन समस्या हुने भयो । खेतीबाली लगाइसकेपछि साउनतिर बैठक बस्छ ।’

    नेकपा हाल देशभर १२२ बिघाभन्दा बढी जमिनमा खेती गर्दै आएको छ । पार्टीले हरेक ६ महिनामा नियमित रूपमा केन्द्रीय समिति बैठक डाक्दै आएको थियो ।

    यसअघि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेठ १८ गते बैठक बोलाएका थिए । तर त्यसबेला सडकमा राजावादीहरूको गतिविधि तीव्र बनेको र यातायात व्यवसायी महासंघको आन्दोलनका कारण देशभर यातायात अवरुद्ध भएको जनाउँदै बैठक स्थगन गरिएको थियो ।

    अब खेतीपातीको मुख्य सिजन सकिएपछि मात्र साउन महिनामा बैठक बस्ने तयारी नेकपाले गरेको छ ।