२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

युके पठाउने प्रलोभन देखाई १ करोडभन्दा बढी ठगी गर्ने प्रभाष रिसाल पक्राउ



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १९३
  • काठमाडौं, असार १९ – युके पठाइदिन्छु भन्दै आकर्षक रोजगारीको प्रलोभन देखाई पीडितहरूबाट ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाल रहेका छन्।

    प्रहरीका अनुसार उनले युके पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट झण्डै १ करोड २० लाख ४४ हजार रुपैयाँ असुलेका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए।

    पीडितहरूले प्रहरीमा उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुनाबाट पक्राउ गरेको हो।

    पक्राउ परेका रिसाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

    प्रहरीले यस्ता किसिमका रोजगारीका नाममा ठगी गर्नेहरूप्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ।