२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भोजपुरमा सामूहिक हत्या : शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३६६
  • भोजपुर, असार २३ – भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको निर्मम हत्या भएको घटनामा मृतकहरूको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ।

    शनिबार राति घटेको हृदयविदारक घटनामा ३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका हुन्।

    घटनापछि घाइते अवस्थामा फेला परेका अभियुक्त राईको पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    हत्या अनुसन्धानको सन्दर्भमा भोजपुर जिल्ला अस्पतालमा शव ल्याइए पनि आवश्यक फरेन्सिक उपकरण अभावका कारण शवहरू धरान पठाइएका हुन्।

    घटना पीडित परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकाले रामप्रसादराई गाउँपालिकाले राहत स्वरूप एक लाख १४ हजार आठ सय ७१ रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरेको छ।

    पालिका अध्यक्ष थामबहादुर राईका अनुसार गाउँ कार्यपालिकाको बैठक बसेर थप सहयोगको तयारी समेत गरिएको छ।

    घटना पछि भोजपुरवासी स्तब्ध छन् भने स्थानीय प्रशासनले अनुसन्धान तीव्र पारेको जनाएको छ। यस जघन्य हत्याले गाउँ नै शोकमा डुबेको छ।