२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जैमिनीको कालुङ्खोला जलविद्युत् आयोजना बाढीले बगायो, दुई परिवार विस्थापित

बाढीले आयोजनाको संरचनासँगै गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुलसमेत बगाएको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १७५
  • बागलुङ, असार २५ - जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस आज बिहान आएको बाढीले बगाएको छ।

    स्थानीय गङ्गा आचार्यका अनुसार बाढीले आयोजनाको संरचनासँगै गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुलसमेत बगाएको छ। साथै, केन्द्रीय विद्युत् प्रसारण लाइनमा रहेको ट्रान्सफर्मरमा क्षति पुगेपछि पैयुथन्थापका करिब १३० घरमा विद्युत् आपूर्ति पूर्णरूपमा बन्द भएको छ।

    बाढीले खरेयाबोट क्षेत्रका दुई परिवारलाई विस्थापित बनाएको छ भने सात परिवार अझै बाढीपहिरोको जोखिममा परेका छन्।

    खोला किनारमा लगाइएको धानबालीसमेत बाढीले नष्ट गरेको छ, जसले स्थानीय कृषकहरूलाई थप क्षति पुर्‍याएको छ। बाढीपछिको अवस्थाबारे स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायले प्रारम्भिक मूल्याङ्कन सुरु गरिसकेको जनाइएको छ।