२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बुबामाथि कुटपिट गरी हत्या गर्ने छोरा पक्राउ

प्रहरीका अनुसार झुपेले घरमै बुबामाथि कुटपिट गरेका थिए, जसको कारण जंगबहादुरको घटनास्थलमै ज्यान गएको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३१२
  • अर्घाखाँची, असार २७ - अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–१२ बाँसखर्कमा बुबाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्।

    ७२ वर्षीय जंगबहादुर नेपालीको कुटपिटबाट मृत्यु भएपछि उनका ४० वर्षीय छोरा झुपे नेपालीलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो।

    प्रहरीका अनुसार झुपेले घरमै बुबामाथि कुटपिट गरेका थिए, जसको कारण जंगबहादुरको घटनास्थलमै ज्यान गएको हो। घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको टोलीले झुपेलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ। घटना पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।