१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

टिकटक स्टार आयुष र एलिजेले अदालतमा गरे विवाह



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ५०६
  • काठमाडौं, असार ३० – प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रूपान्तरण गर्दै चर्चित टिकटक जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले सोमबार काठमाडौं जिल्ला अदालतमा पुगेर औपचारिक रुपमा विवाह गरेका छन्।

    विवाहको अवसरमा उनीहरूले परम्परागत शैलीमा दुबोको माला साटासाट गर्दै अदालत परिसरमै तस्बिर र भिडियो खिचेका थिए। विवाहपछिको खुसी सन्देश सामाजिक सञ्जालमार्फत् उनीहरूले आफ्ना फ्यान र शुभेच्छुकहरूसँग बाँडेका छन्।

    नेपाली युवा आयुष र पाकिस्तानकी एलिजे लामो समयदेखि प्रेम सम्बन्धमा थिए। करिब एक वर्षअघि दुबईमा इन्गेजमेन्ट गरेका यी जोडी हाल काठमाडौंमा सँगै बस्दै आएका छन्। एलिजे विवाहपश्चात नेपालमै स्थायी रुपमा बसोबास गर्ने बताइएको छ।

    सामाजिक सञ्जालमा सक्रिय रहेका आयुष र एलिजेले केही म्युजिक भिडियोमा पनि सँगै अभिनय गरेका छन्। गत वर्ष उनीहरूले काठमाडौंमा नयाँ घर खरिद गरेको समाचार बाहिरिएको थियो।

    फ्यानहरूबाट उनीहरूको वैवाहिक जीवनको सफलताको कामना गर्दै सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको छ।