२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको निधन

दुर्घटनाको समयमा तीव्र वर्षाका कारण गाडी चिप्लिएर रुखमा ठोक्किएको थियो र त्यसपछि कारमा आगलागी भएको थियो।



  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या ३३४
  • काठमाडौं, असार ३१ - अमेरिकाको लुइजियाना राज्यमा कार दुर्घटनामा परेर दुई नेपाली युवाको ज्यान गएको छ।

    लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको गत असार २९ गते राति साढे ९ बजे कार दुर्घटनामा निधन भएको हो। दुर्घटनाको समयमा तीव्र वर्षाका कारण गाडी चिप्लिएर रुखमा ठोक्किएको थियो र त्यसपछि कारमा आगलागी भएको थियो।

    राजन यादव कार चालक रहेको र उनीसँग रोजिन ओलीसहित चार जना सवार रहेको जनाइएको छ। दुर्घटनामा यादव र ओलीको घटनास्थलमै ज्यान गएको हो भने अन्य दुई जना घाइते छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

    स्थानीय समाचार साइटहरूले लुइजियाना राज्य प्रहरीले घटनाबारे पुष्टि गरेको जनाएका छन्। यद्यपि मृतक दुवैको नेपालको ठेगाना भने खुल्न सकेको छैन।

    लुइजियाना टेक विश्वविद्यालयले दुःख व्यक्त गर्दै एक शोक सन्देश जारी गरेको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै विद्यार्थी समुदायलाई परस्पर सहयोग र हेरचाहको भावना कायम राख्न आग्रह गरेका छन्। विश्वविद्यालयले इच्छुक विद्यार्थीका लागि परामर्श सेवा पनि सञ्चालनमा ल्याएको छ।

    दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।