२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उदयपुरका किशोरले निलेको कैँची सफल शल्यक्रियापछि निकालियो



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २७९
  • विराटनगर, साउन ४ - उदयपुरका एक १५ वर्षीय बालकले खेल्ने क्रममा निलेको कैँची शल्यक्रियामार्फत सफलतापूर्वक निकालिएको छ।

    नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरमा ल्याप्रोस्कोपिक प्रविधिको प्रयोग गरी पेटभित्र अड्किएको कैँची निकालिएको हो। आकस्मिक रूपमा अस्पताल भर्ना गरिएका बालकको एक्स–रे र सिटी स्क्यानपछि ठुलो आन्द्रामा कैँची फसेको पुष्टि भएको थियो।

    वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराईको नेतृत्वमा चिकित्सक टोलीले जोखिमपूर्ण देखिएको उक्त सर्जरी सफलतापूर्वक सम्पन्न गरेको हो। डा. भट्टराईका अनुसार समयमै उपचार सुरु नगरेको भए समस्या जटिल हुन सक्थ्यो।

    “हामीले ल्याप्रोस्कोपिक विधिबाट बिना ठूलो चिरा कैँची निकाल्न सफल भयौं,” उनले भने, “हाल बिरामीको अवस्था सामान्य छ।”

    दुई दिनको उपचारपछि बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएका छन्। परिवार र चिकित्सकहरू दुवैले समयमै उपचार सम्भव भएकोमा राहत व्यक्त गरेका छन्।