२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झापामा रुखमा बाँधिएका व्यक्तिको मृत्युः चार जना पक्राउ, ज्यान मुद्दा दर्ता गर्ने तयारी



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १८४
  • झापा, साउन २१ - झापा गाउँपालिका–१ लसुनामा एक व्यक्तिको रुखमा बाँधिएको अवस्थामा मृत भेटिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    अत्याधिक मदिरा सेवन गरेका ६० वर्षीय जतन सोरेन मंगलबार राति गाउँलेद्वारा आँपको रुखमा बाँधिएका थिए। बुधबार बिहान करिब ४ बजे उनी मृत अवस्थामा फेला परेका हुन्।

    घटनाको प्रारम्भिक विवरणअनुसार, राति करिब साढे १० बजे जतन सोरेन छिमेकी महादेव टुडुको घर नजिक आएर हल्ला गर्न थालेपछि स्थानीय महादेवसहित अन्य केही व्यक्तिहरुले उनलाई प्लास्टिकको डोरीले रुखमा बाँधेका थिए।

    डिएसपी खगेन्द्रबहादुर खड्काले दिएको जानकारीअनुसार मृतकको छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

    हाल पक्राउ परेकाहरूमाथि ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।